मन्दिरतिर नधाएर मसँग बर मागी हेर
मुर्ती आखिर कला न हो, यो मनतिर भागी हेर ।।
सधैँ टीका निधारमा लगाएर फर्किइन्छ्यौ
बोल्न मुख खोल्छु तर पाउबाटै कर्किइन्छ्यौ
मनभरि माया दिउँला, एकपटक जागी हेर
मूर्ती आखिर कला न हो, यो मनतिर भागी हेर ।।
बोल्न मुख खोल्छु तर पाउबाटै कर्किइन्छ्यौ
मनभरि माया दिउँला, एकपटक जागी हेर
मूर्ती आखिर कला न हो, यो मनतिर भागी हेर ।।
दुईबारको चोलै यस्तो दुःख भुली हाँस्नुपर्छ
माइतीघर त्यागी आखिर अरूसँगै बाँच्नुपर्छ
सिउँदोभरि सिन्दुर दिन्छु लाजको घुम्टो फाली हेर
मुर्ती आखिर कला न हो, यो मनतिर भागी हेर ।।
माइतीघर त्यागी आखिर अरूसँगै बाँच्नुपर्छ
सिउँदोभरि सिन्दुर दिन्छु लाजको घुम्टो फाली हेर
मुर्ती आखिर कला न हो, यो मनतिर भागी हेर ।।
मन्दिरतिर नधाएर मसँग वर मागी हेर
मुर्ती आखिर कला न हो, यो मनतिर भागी हेर ।।फलेवास ३ शङ्करपोखरी, पर्वत
मुर्ती आखिर कला न हो, यो मनतिर भागी हेर ।।फलेवास ३ शङ्करपोखरी, पर्वत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला