साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

अमर त्यागीका  दुई गीत 

अमर त्यागी

 

कुसुमभन्दा कोमल  हुन्छ  मान्छेको  भावना

सियाँलभन्दा शीतल हुन्छ प्रीतिको कामना

बैंसको लाली गुराँस फुल्छ तनको पाखामा

प्रभाती लाली चेतनाखुल्छ मनको आँखामा

जीवन  बित्छ गरेर  नित्य   कर्मको  साधना

कुसुमभन्दा कोमल हुन्छ  मान्छेको  भावना

शीत र ताप  सहेर फुल्नु  हो सत्य  सृष्टिको

कुरूप  पनि सुन्दर देख्नु हो शोभा  दृष्टिको

पाइन्न  प्यार   नगरेसम्म   घृणाको  सामना

कुसुमभन्दा  कोमल  हुन्छ  मान्छेको भावना

सम्बन्धित पोस्टहरु

दुई गीत

गीत

<>

माया   मारी  मायालुले   गरेपछि  घात

आँखाभरि    बर्सिरह्यो   असारको  रात

पहिरोमा  पऱ्यो  आजै  भरोसाको  डाँडा

छातीभित्र  बिझ्यो राजै  बचनको  काँडा

साह्रै स्वार्थी हुँदा रै’छन् मानिसको जात

आँखाभरि    बर्सिरह्यो    असारको  रात

आएपछि   छातीभित्र   सम्झनाको हुरी

चल्यो   राजै   कलेजीमै  वेदनाको छुरी

भित्रभित्रै      जलनले    पोलिरह्यो आँत

आँखाभरि    बर्सिरह्यो    असारको रात

प्रतिक्रिया
Loading...