जहर देऊ प्रिया बाँच्ने कुनै रहर छैन
तिम्रो र मेरो पिरतीको कुनै लहर छैन

आज तिमी मसँग हुन्छौ भोलि अर्कैसँग हुन्छौ
किन यस्तो भनी बुझ्न खोज्दा धुरुधुरु रुन्छौ
जहर देऊ प्रिया बाँच्ने कुनै रहर छैन
तिम्रो र मेरो पिरतीको कुनै ठहर छैन

प्रेम गर्नेको मायालु एउटा नाउँ भए पो
मायाले रंगिएको सानो एउटा गाउँ भए पो
जहर देऊ प्रिया बाँच्ने कुनै रहर छैन
तिम्रो र मेरो पिरतीको कुनै सहर छैन