गीत

एम डी फिराक

सम्झिन क्यारे ! आमाले  उता घर देशैमा
बाडुलीले सतायो मलाई यता दूर देशैमा
….
गाउँ घरको झझल्को आउछ आँखा भरी
साथी संगीको सम्झनाले पोल्छ छाती पनि
सम्झिन क्यारे ! बाबाले उता घर देशैमा
बाडुलीले सतायो मलाई यता पर देशैमा
….
टाडिएर यादै यादमा बाँच्नु त गार्‍हो रैछ
तड्पिएर एक्लै बस्नु त कति सारो रैछ
सम्झिन क्यारे ! सानीले उता घरदेशैमा
बाडुलीले सतायो मलाई यता परदेशैमा
                                   …..