आफूसँगै आफ्नो मनको क्रान्ति नहोस्
मुहारमा कान्ति होस् हृदयमा शान्ति होस्
फूल दिनेहरुलाई काँडा नदिऊँ म
घृणा दिई अरुलाई माया नलिऊँ म
फूललाई हेर्दा पातलाई भ्रान्ति नहोस्
मुहारमा कान्ति होस् हृदयमा शान्ति होस्
असत्यलाई सत्य कहिले नभनू‘ म
मानव भई दानव कहिले नबनू‘ म
जूनलाई हेर्दा तारालाई हान्ति नहोस्
मुहारमा कान्ति होस् हृदयमा शान्ति होस्



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 








