साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मन्दिराको गीत

Chovar Blues Mobile Size
मन्दिरा मधुश्री

धेरै तिम्रै याद बाचेँ थोरै बाचेँ हर्ष
तिम्रै बाटो कुर्दा कुर्दै बिते कयौं वर्ष ।

नजरले चुपचापै टिप्यो तिम्रो चित्र
त्यही चित्र ज्योति बनी बस्यो मुटुभित्र
सजाएर राख्नु मनमा मायाकै हो रीत
तिम्रै हातमा थियो मेरो हार अनि जित ।

मैले माया गर्नु कतै गल्ती थियो कि त ?
सोधिरहेँ प्रश्न यही सधैँ आफैँसित
कति वर्ष बिते यसै बिते जागै रात
मात्रै बसे तिम्रै याद खातमाथि खात ।

प्रतिक्रिया
Loading...