मलाई सम्झिएर, तिमीलाई के दिऊँ, भन मेरी माया
आँशु पिउँ कि बदलामा तिमीलाई सम्झिऊँ, भन मेरी माया
बादलुले सुम्सुम्याउँदै, आऊ भेट्न जाऊ भन्छ,
बतासले उडाएको, पछ्यौरीलाई समाउँ भन्छ,
दिलको बाटो पछ्याउँदै, आऊ सँगसँगै जिऊँ, भन मेरी माया
आँशु पिऊँ कि बदलामा तिमीलाई सम्झिउँ, भन मेरी माया
चाँदनीको रातभरि, आँगनीमा रमाउँला,
जीवनका सारा दुःख, सँगै मिली घटाउँला,
तिम्रो मनको मझेरीमा आएर के फर्किऊँ, भन मेरी माया
आँशु पिऊँ कि बदलामा तिमीलाई सम्झिऊँ, भन मेरी माया ।
कञ्चनपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला