छातीभित्र मुटु रुन्छ बाहिर भने हाँसेको छु
आफ्नै मनको दुनियामा बैरी भई बाँचेको छु।

शून्यतामा उडे सपना सिमलको भुवासरी
व्यथाहरु विना स्वरै अलापेर बसुँ कति ?
आफ्नै आकाश चिथोरेर सपनाहरु साँचेको छु
छातीभित्र पहाड बोकी बादल बनी उडेको छु।

सपनीमा रोपेको फूल मनैभित्र ओइलाई झर्यो
जहाँ जाउँ आज मलाई आफ्नै सासले पोल्न थाल्यो।
चुँडिएको जीवनरेखा आज फेरि गाँसेको छु
ओइलाएको फूलमाथि शीत बनी बर्सेको छु।

तनहुँ

हाल: मन्ट्रियल, क्यानाडा