
वारि रहुँ वरिपरि बस्ने गाउँ छैन
पारि जाउँ पारि पुगी पस्ने ठाँउ छैन
बिदाइमा वल्लो पाखा सुस्ताएको हो र !
स्वागत गर्दै पल्लो पाखा मुस्काएको हो र !
यो भेकमा अस्तित्वको कुनै भाउ छैन
पारि जाउँ पारि पुगी बस्ने ठाँउ छैन
जिन्दगी के दोधारमा चल्ने याम हो र ?
जवानी यो वसन्तमा चढ्ने घाम हो र ?
चल्ला बक्ने यो ठाउँमा कोही माउ छैन
पारि जाउँ पारि पुगी बस्ने ठाँउ छैन ।
–पृथ्वी नारायण क्याम्पस
पोखरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
