१ )
तिम्रो पछि लागिरहेँ फर्की हेर्ने आँट गरेनौ
इशाराले माफी माग्यौ तर केही बात गरेनौ
म बसेको हृदयमा कस्को लागि खाली गर्यौ
प्रतीक्षामा म थिएँ कसरी पराया बहाली गर्यौ
मैले कति सम्झेको थेँ तर तिमीले याद गरेनौ
आँखा सधैँ टोलाई रह्यो तर भेटघाट गरेनौ
तिम्रोपछि लागिरहेँ फर्की हेर्ने आँट गरेनौ
इशाराले माफी माग्यो तर केही बात गरेनौ
तिमीले भिरबाट हेरिरह्यौ म जंघारमा पुगेँ
मायाको डुङ्गा डुब्ने कि उत्रने दोधारमा पुगेँ
तन मन दिए थेँ तर तिमीले हातपात गरेनौ
धन्य एकोहोरो मायामा कैले आघात गरेनौ
तिम्रो पछि लागिरहेँ फर्की हेर्ने आँट गरेनौ
इशाराले माफी माग्यौ तर केही बात गरेनौ ।
२ )
कहाँ जाने मूल बाटो हो कहाँ पुगी ठोक्किने हो
मायालुको गाउँमा जाने त्यहीँ पुगेर रोक्किने हो
लै बरी लै बरी कहाँ पुगी ठोक्किने हो
लै बरी लै बरी त्यहीँ पुगेर रोक्किने हो
एक्कासि तिमीलाई भेट्दा यो मन झस्किदियो
मोहनी लाउने तिम्रो बोलीले माया पस्किदियो
छुट्ने मन छैन अब यसरी तिमीलाई देखेपछि
माया गाँसु जस्तै लाग्यो तिम्रो आँगनी टेकेपछि
कहाँ जाने मूल बाटो हो कहाँ पुगी ठोक्किने हो
मायालुको गाउँमा जाने त्यहीँ पुगेर रोक्किने हो
संजोगैको होला मायालुको गाउँमा पुर्याइदियौ
फूलजस्तै फक्रिएकी परीसँग भेट जुर्याइदियौ
मायामा विश्वास नलागे बाचा कसम खाउँला नि
भगवान साँची राखी सुटुक्क हामी भाग्लाउँला नि
कहाँ जाने मूल बाटो हो कहाँ पुगी ठोक्किने हो
मायालुको गाउँमा जाने त्यहीँ पुगेर रोक्किने हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 









