अनुभवले मानिसलाई, परिपक्क बनाउँछ
उनको बक बकले मलाई झनक्क बनाउँछ

प्रेममा परेको मान्छे, जहान भुल्न सक्दैन
र त घर आउने समय, झमक्क बनाउँछ

सुन्दर बन्ने चाहना, कसलाई नहोला यहाँ !
मुस्कानले उनको मुहार, धपक्क बनाउँछ

आँखा छलेर एकछिन सुस्ताउन खोजिन्
त्यही कर्तुतले दुनियालाई छक्क बनाउँछ

म भिडमा एक्लै हुँदा, तिमीलाई सम्झन्छु
विगतले आफैँलाई, थक्क थक्क बनाउँछ।

तनहुँ