म मरेपछि रुने मेरो मान्छेलाई ,
लास छुने नछुने मेरो मान्छेलाई ।
शरीर चिसो मुढो भएको बेला ,
खरानी खरानी हुन लागेको बेला ।
नरोऊ भनि आँसु पुछ्न सक्दिनँ ,
कति पीडा परेको बुझ्न सक्दिनँ ।
म मरेपछि रुने मेरो मान्छेलाई ,
लास छुने नछुने मेरो मान्छेलाई ।
मीठा पल सम्झिनू जैले नि प्रिया,
आसुँका बुंद नबगाउनू कैले नि प्रिया ।
म आउँछु सधैं सधैं हरेक सपनीमा ,
खुसी भई हिँड्नु तिमी विपनीमा ।
म मरेपछि रुने मेरो मान्छेलाई ,
लास छुने नछुने मेरो मान्छेलाई ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला