गीतः नाताजस्तै

मायाको किताबको रङ्गीन गाता जस्तै
मिलन र बिछोडको प्रेमको नाता जस्तै

रुनु र हाँस्नु त जिन्दगीको दुइटा पाटो
कोही हिँड्छन् नाफामा कोही लिई घाटो
घामा झरी छेक्ने सम्बन्धको छाता जस्तै
मिलन र बिछोडको प्रेमको नाता जस्तै

पर्दाखेरी आफन्त नि हुन्छन् यहाँ पराई
हुन्न रैछ डराएर समयसित जिउनलाई
तोडिन्छ कि सम्वन्ध फलामको पाता जस्तै
मिलन र विछोडको प्रेमको नाता जस्तै

 

गीतः भन्नै सकिएन

चाहनाको भेल बाढी नि गन्नै सकिएन
के के सोच्यो पापी मनले भन्नै सकिएन

नजर बस्यो तिम्ले मलाई बाटो छेकेपछि
हलचल भयो मनमा तिम्लाई देखेपछि
कति साह्रो बाँझो मन खन्न सकिएन
के के सोच्यो पापी मनले भन्नै सकिएन

वैशालु यो जीवनमा यो मन चञ्चल
मुटु जोडदा साइनो गाढा बन्छ पलपल
तिमले खोजे जस्तो मान्छे बन्न सकिएन
के के सोच्यो पापी मनले भन्नै सकिएन

खिजीदेम्बा–३, ओखलढुङ्गा
हाल: काठमाडौँ