म मर्छु जस्तो लाग्छ यसैपालि,
मरेपछि दु:ख भाग्छ यसैपालि ।
जैलेसम्म माली बगैंचामा डुलिरहन्छ,
सुवास छर्दै फूल पनि फुलिरहन्छ ।
मान्छेदेखि मान्छे नै भो डराउनु पर्ने,
कैले जीवन कैले मृत्यु मन पराउनु पर्ने ।
म मर्छु जस्तो लाग्छ यसैपालि,
मरेपछि दु:ख भाग्छ यसैपालि ।
जानै पर्छ आखिर चिन्ता नलिएकै राम्रो,
मुटु जलाउने नशा पनि नपिएकै राम्रो ।
जाने ठाउँ उही नै हो गति फरक फरक,
बाँचेदेखि यहाँ पनि क्षति फरक फरक ।
म मर्छु जस्तो लाग्छ यसैपालि,
मरेपछि दु:ख भाग्छ यसैपालि ।
गलकोट नगरपालिका -८ , बागलुड
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला