मन्दिरा मधुश्री

उनकै आउँछ याद बरै ! उनकै चित्र परेलीमा
बसेको छ सुटुक्क कोही यो मनको मझेरीमा ।

कैले लाग्छ चुपचापै उनकै मनमा बसाइँ सरुँ
हेलिएर माया भेलमा पिरतीको जँघार तरुँ
सिउरिएर उनकै शिरमा जुनीभर बसुँ लाग्छ
उनी हिँड्ने बाटोभरि फूल बनी खसुँ लाग्छ

सधैँ उनकै रुप मैले देख्न पाउँ सपनीमा
बसेको छ सुटुक्क कोही यो मनको मझेरीमा ।

नदेऊ दैव दु:ख पीडा उनलाई अब कहिल्यै
चोट खप्ने उन्को मुटु चोरिकीछु मैले पहिल्यै
मेरा सबै खुसी जे छन् उनकै नाममा सारिदिनु
उनका दु:ख पीडा जति मेरै भागमा पारिदिनु ।