थाहा भयो माया रैछ तिमी टाढा भएपछि
जिन्दगी त एक्लै गाह्रो आफ्नो कोही नभएपछि
यो मनलाई कसरी बुझाउँ
यो मनलाई कसरी सम्झाउँ, आफ्नै नभएपछि
तिमी आफ्नै नभएपछि
चालिसकेको यो कदम तिमीलाई भेटेसि अडिन्छ होला
रोकिएको यो मुटु तिमीले छुँदा पो धड्किन्छ होला
तिमीले छुँदा पो धड्किन्छ होला
तिमीले छुँदा पो धड्किन्छ होला
छोडिजान्छ छाया पनि फेरि रात परेपछि
बिरानो भो यादहरू तिमी अर्कैको भएपछि
यो मनलाई कसरी बुझाउँ
यो मनलाई कसरी सम्झाउँ
आफ्नै नभएपछि
तिमी आफ्नै नभएपछि ।
उप‑प्राध्यापक, प्याथोलोजी
धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय अस्पताल, धुलिखेल



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ कार्तिक २०८२, शुक्रबार 










