तिम्लाई नै सम्झिएर बाँचेकी छु प्यारा
हिउँको मूलझैं पग्लिएर बाँचेकी छु प्यारा
झल्को सधैं तिम्रो मात्र लागि रहन्छ मनमा
भोक प्यास जागिरहन्छ सधैं मेरो तनमा
शीतजस्तै टल्किएर बाँचेकी छु प्यारा
हिउँको मूलझैं पग्लिएर बाँचेकी छु प्यारा
हरेक रात तस्वीरसँग नजिक बनिराछु
औला भाँची भेट हुने दिन गनिराछु
मिठो पल पर्खिएर बाँचेकी छु प्यारा
हिउँको मूलझैं पग्लिएर बाँचेकी छु प्यारा ।
गार्मा मा. वि., सोलुखुम्बु
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला