छाक टार्न गाह्रो भयो निकास दिनुहोस् महोदय
तस्करी बढेछ सिंहदरबार भित्रै किन बेहोस महोदय!

पृथक् परिवेशमा रुमलिएको छ समाज र संस्कृति
मार्गनिर्देश गर्नलाई नेतृत्व आजै लिनुहोस् महोदय

कुम्भकर्णको निद जागेको छ यो देशका शासकलाई
सुरा सुन्दरीमै ब्यस्त ईश्वरले पनि के कहोस् महोदय?

रगत, पसिना बगाएर माटोमा अन्न फलाउन सकिएन
आश्वासन मात्रै बाँडेर यो देश कसरी बनोस् महोदय!

तनहुँ