जसले तिमीसँग अरुकाे कुरा काट्छ
उसले अरुसँग तिम्रो नि कुरा काट्छ
चिल्लाे लगाउँदै मीठा मीठा कुरा गर्ने
कामले हाेइन सधैँ गफले पूरा गर्ने
जसले तिमीसँग अरुकाे नाक काट्छ
उसले अरुसँग तिम्रो नि नाक काट्छ
चाटूँ चाटूँ गर्ने सधैँ महझैँ कुरा
मुखमा रामराम बगलीमा छुरा
जसले तिमीसँग अरुकाे शीर काट्छ
उसले अरुसँग तिम्रो नि शीर काट्छ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० पुष २०८२, बुधबार 








