माधव प्रसाद उपाध्याय खनाल 

लिपुलेक हाम्रै, कालापानी हाम्रै हो
लिम्पियाधुरा हाम्रै हो सुस्ता हाम्रै हो ।
ठूला देशले सानोलाई हेप्न पाइन्न
हाम्रो सीमा लिन्छौँ, तिम्रो टुक्रा चाहिन्न ।
आऊ बसौँ वार्ता गर्न हामी तयार
पहिलेको मैत्री हाम्रो अझै सपार ।
बलियाले निर्धोलाई थिच्ने कहाँ हो ?
भाइभाइ मिली बस्नु ज्यादै राम्रो हो ।
वेद पुराण धर्म कर्म सबै उनै हुन्
पशुपति केदारनाथ द्यौता यौटै हुन् ।
आयोध्याका रामको सीता विवाह
जनकपुरमा भएको इतिहासै छ ।
पारस्परिक सम्बन्ध अघि देखिको
त्रिभूवनको ससुराली इण्डिया नै हो ।
ज्यानै दिई रक्षा गरे तिम्रै देशको
नेपालीको बहादुरी भुल्न सक्छ को ?
तिम्रो व्यापार बजार नेपाल नै हो
सियोदेखि यान किन्ने नेपाली नै हो ।
इण्डियाले नेपाललाई हेप्न हुँदैन
बिना नेपाल तिम्रो रक्षा कैल्यै हुँदैन ।
गोर्खा सेना बहादुर नेपाली नै हो
भि.सि. तक्मा प्रात गर्ने नेपाली नै हो ।

 

पोखरा –३२, गगनगौंडा, कास्की