हजुरको माया सुन हो, हे आमा, होइन पित्तल तामा
खोजी ल्याउँदा रोजी ल्याउँदा सबै पाइन्छ, पाइन्न आमा ।।
संसारैको इज्जत थाम, आफूप्रति सबैको लाग्छ लाम
साराको प्यार खनिन्छ तर अरुको काम आमाको नाम
हजुरको प्रेम हिरा हो, हे आमा, होइन पित्तल तामा
खोजी ल्याउँदा रोजी ल्याउँदा सबै पाइन्छ, पाइन्न आमा ।।
दुनियाँको मन राख, आफूप्रति सबैले राख्छन् चाख
साराको प्यार बर्सिन्छ तर अरुको लाख आमाको काख
हजुरको प्रीति मणि हो, हे आमा, होइन पित्तल तामा
खोजी ल्याउँदा रोजी ल्याउँदा सबै पाइन्छ, पाइन्न आमा ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला