यही हेराइ नै अन्तिम भन्ने मलाई कहाँ थाहा थियो ?
निष्ठुरी त्यो दैवले नै हाम्रो बन्धन् चुँडाइदियो।।

तिमी हिँड्यौ मेरो आँखा तिमीमा नै गढिरह्यो।
ओझेल भयौ आशङ्काले दिलको धड्कन बढिरह्यो।।

साँझपख समाचार आफ्नै कानले सुन्नु पर्यो।
रेडियोले भनिदियो त्रिशूलीमा गाडी झर्यो।।

तिम्रो नाम सुनेपछि बेहोश भई ढलेछु म।
आगो बल्नु कता कता भित्र भित्रै जलेछु म।।

समाधिस्थ भयौ तिमी गङ्गाजीको गर्भ भित्र।
छट्पटीमा कति जिउँछ ‘उराठी’ यो तिम्रो मित्र ??

 

अमरपुर गुल्मी

हालः तिलोत्तमा-२,रुपन्देही