मनको पाइलाले, माटाको झल्को मेट्छौँ
टाढा भएर के भो, छातीमै बुद्ध भेट्छौँ
त्यस्तै हावा चलेछ, हामी आज यता छौँ
खाँचो परेको बेला, ठान्नू जतातता छौँ
भुलेका छैनौँ रीति, कला, धर्म र भाषा
यता रोपेर श्रम, उता फुलाउने आशा
मनको पाइलाले……..
रहर भनौँ वा कर, भूगोल भान्छा बेग्लै
उता मायालु काख, यता छौँ छोरा एक्लै
हजार सपनाहरू, लाखौं छन् मनमा रहर
केही नयाँ लिएर, फर्किन्छौँ आफ्नै घर
मनको पाइलाले……..
विदुर- ५, नुवाकोट
हाल: तारकेश्वर- २, काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला