विधाताले जुराएको तिमी नै हौ प्रिय
मन मुटुले रुचाएको तिमी नै हौ प्रिय

दु:ख सुख जिन्दगानी घाम छायाँजस्तो
आँधी तुफान आए पनि हुन्न माया सस्तो
मैले नजर जुधाएको तिमी नै हौ प्रिय
मनमुटुले रुचाएको तिमी नै हौ प्रिय

युगौं युग बाँचिरहोस् पिरतीको मुना यो
सजाएको तिमीलाई हृदयको कुना हो
दिलभित्र लुकाएको तिमी नै हौ प्रिय
मन मुटुले रुचाएको तिमी नै हौ प्रिय ।

 

सोलु.दु.न.पा-७, गार्मा, सोलुखुम्बु