चन्द्रसूर्य झण्डा फरर मेची महाकाली
जय जय नेपाल जय जय नेपाली ।।
जहाँ जन्मेँ त्यहीँ फुलेँ यो मेरो प्यारो नन्दन
खाऊँ सञ्जीवनी बुटी, लाऊँ यहाँकै चन्दन
हे आमा, मल यहीँ जल यहीँ, बनूँ मैँ माली
जय जय नेपाल जय जय नेपाली ।।
किन जन्म्यौ भनी कसैले सोधे जन्मेँ मर्नलाई
मर्नुअघि जन्मभूमिका लागि केही गर्नलाई
हे आमा, हासूँ यहीँ नाचूँ यही, बजाऊँ मै ताली
जय जय नेपाल जय जय नेपाली ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला