प्रेम वियोग
रुन्छ सेतो कात्रोमा
सगरमाथा ।

झुसुले किरा
शरीरमा जिउँछ
पुतली आत्मा।

रातो गुराँस
तिम्रो गालामा फुल्यो
कालको कात्रो ।

मरेर घाम
लाखौं तारा जन्मेनि
अँध्यारो किन ?

बादलभित्र
पानीको त्यो संस्कृति
गाउँमा नृत्य।

तृष्णा डुबेर
मनको पोखरीमा
जीवन फुल्यो।

तिमीले छुँदा
तरङ्गित भो मृत्यु
आमाको हात।

मनको चरी
पिँजडाभित्र परी
मन्दिर पुग्यो ।