१.
आँसु खसाली
उजाड मरुभूमिमा
गुलाब रोपेँ ।
२.
बौद्धिक चोरी
चाकडी र चाप्लुसी
गणतन्त्रमा ।
३.
अँध्यारो गल्ली
सपनाको शहर
प्रशव पीडा ।
४.
गाउँ शहर
सामन्ती जमाना यो
रित्ता दलिन ।
५.
गीत गजल
समयका तस्वीर
मूकदर्शक ।
६.
कुमारी वय
मनभरि आँकुरा
क्षणिक प्रीत ।
७.
संविधान सभा
फुटबल खेलाडी
रमिते जनता ।
८.
शिरीषको फूल
सकम्बरी सफर
भमरा स्पर्श ।
९.
स्पन्दनभित्र
जन्मिएको विचार
भ्रमसागर ।
१०.
सूक्ष्म स्वरुप
सौभाग्यको सिन्दुर
पिँजडाभित्र ।
कैलाली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला