
दिलिप शर्मा
(१)
झसङ्ग मन
चिरचिर आवाज
उड्यो त्यो चरो !
(२)
बाहिर हेर्छु
सुनसान छ ठाउँ
चिर्र आवाज !
(३)
छायो किरण
अनि देखियो चल्लो
बेसहारा ऊ !
(४)
आयो ढुकुर
उज्यालो रश्मिसँगै
सन्तान मोह !
(५)
पुग्यो बचेरो
कृत्रिम हात साथ
स्वस्थ होला नि !
(६)
बसेन माउ
गुडमा छ बचेरो
के पो भयो नि !
(७)
टिनमा बस्छ
फेरि उड्छ ढुकुर
बेचैनी माउ !
(८)
कुखुरा बास्यो
बोलाऊँ कि डाक्टर
विचरा हामी !
भद्रपर न.पा. ७, झापा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
