दिलिप शर्मा

(१)

झसङ्ग मन
चिर चिर आवाज
उड्यो त्यो चरो !

(२)

दिलिप शर्मा

बाहिर हेर्छु,
सुनसान छ गाउँ
चिर्र आवाज ।

(३)

छायो किरण
अनि देखियो बचेरो
बे सहारा ऊ !

(४)

आयो ढुकुर
उज्यालो रश्मिसँगै
सन्तान मोह !

(५)

पुग्यो बचेरो
झुम्रो सहित गुँड
स्वस्थ होला नि !

(६)

बसेन माउ
गुँडमा छ बचेरो
के पो भयो नि !

(७)

टिनमा बस्छ
फेरि उड्छ ढुकुर
आत्तियो मन !

(८)

कुखुरा बास्यो
बोलाउँ कि डाक्टर
बिचरा माउ !