दिपेन्द्र आचार्य

पसिना भरी
भेटाउँछ सन्तान
तिम्लाई बुबा

मुसुक्कै हाँस्छे
आमा झैँ अनुहार
मेरो कन्याम ।

चुनाव जीती
बाँदरको पुच्छर
नहोस नेता ।

देशको माटो
टेक्न मर्छ टाउको
जिउँदै खुट्टा ।

ट्वाँर्र भ्यागुतो
मै हु भन्छ कुवामा
मौन प्रशान्त ।

मुटुमा मेरो
किन चुक्छ हरपल
मायाको फूल ।

हार्नै त पर्ने
बहाना छ जीतको
मृत जीवन ।

आकाश हेर्दै
बुद्धीको धाक लाई
थुक्दैछ मान्छे ।

अगेनो आगो
आमाको अनुहार
पूर्वको घाम ।

ठिङ्ग उभेको
सगरमाथा शिर
तिमी हौ बुबा ।

 

दिपेन्द्र आचार्य सुमी
सुर्योदय न पा
इलाम
शिक्षक श्रीकृष्णाश्रम मा वि
कन्याम इलाम