सुवास रिसाल

गोधुली साँझ
गतिशील समय
अस्त जीवन ।

ईन्द्रेणी रंग
ललाट सजावट
चेलीको वर ।

पुरानो बृक्ष
फेरिएको पालुवा
समय चक्र ।

प्रशव बेथा
नौ महिनाको गर्भ
नयाँ जीवन ।

टप्प बलेसी
झरेका आँसु थोपा
अभागी छोरा ।

आँगन पोली
जोडिएको सम्बन्ध
पलमै डुब्छ ।

कालो कोठामा
दबिएको आवाज
मधुर बोली ।

बूढो रूखमा
बसेका उल्लुहरू
बृक्षको पीडा

उडेका उल्लु
सेतो घरको भित्र
कराउँदै छ ।

ठेगाना : जावलाखेल
पेशा : नोकरी