
१.
मायाको मन
पग्लन नै नसक्ने
पत्थर देव ।
२.
प्रिय बनायौ
आँखामा नि सजायौ
मनमा शंका ।
३.
बाँच्ने आधार
सुम्पिएँ त्यो सर्वस्व
प्रेम वासना ।
४.
सुम्पे जवानी
फूलको अनादार
प्यासी भमरा ।
५.
फूलको आस्था
सजिलै भत्काएछौ
मन मन्दिर ।
६.
स्वार्थी नयन
मायालु अभिनय
नौनीको पल ।