विवेक दुलाल क्षेत्री

१. गरीब मर्छ
सरकारी मौनता
ढुङ्गाको मन

२. क्रुर समय
कोरानाको प्रभाव
माटो जीवन

३ . स्वर्गकी परी
मेरो मुटुकी धड्कन
तिमी गुलाब

४. तृप्त हुँदैन
पानीलाई हेरेर
आगोको प्यास

५. सर्वोच्च नारी
हुन् नदी प्रेमकी
खुसी वर्षा गर्छिन्

५. मरुभूमिमा
दुःखी रहन्छ देश
नेपाली युवा

५. बिम्बको हात
कविताको खेतमा
चलाई राख

६. एक चिहान
पल्लो घरको झ्याल
सेतो धरती

७. मुना मदन
तानसेनको झरी
बिसे नगर्ची

८. श्रम हिमाल
धैर्य महासागर
सबै स्वीकार्य

९. जन्मनु मर्नु
घाम जस्तो सत्यता
किन यो लोभ ?

१० . पानी नहोस्
आफ्नु स्वभाव सीमा
विचार गर

११. कुर्सीको लत
अभिमानी सस्कार
क्रुर पत्थर

१२ . रातको साथी
लोग्ने सितको गफ
उदाश फूल ।

दमक बजार, झापा
हाल – अबुधाबी ,युएइ ।