शरद्शोभा

साउने झरी
भत्किएको गुँडमा
जोडी ढुकुर !

उन्मुक्त हाँसो
आवेगको घोडामा
कलिलो घाम !

योगी स्वरुप
आनन्दित जीवन
आमाको गर्भ !

जोरबिजोर
पसिनाको गन्धमा
अमिलो मन !

बादलमुनि
प्रतिरोधको चर्चा
इन्द्रिय सुख !

महाङ्काल –४, कालेश्वर, ललितपुर