साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

बिमला ढुंगानाका पाँच हाइकु

bimala dhungana

पराया देश
डलरको भकारी
बिक्री शरीर

ममता  कुण्ड
आमा बाका त्याग
अतुलनीय ।
 ३
आँखामा गाउँ
प्रियसीको सम्झना
फुलेको बैंश ।

बिरानो देश
काकाकुल छ मन
प्रेमको तिर्खा

प्रवासी मन
ढल्किंदै छ उमेर
चितामा देश ।

हाल अमेरिका 

प्रतिक्रिया
Loading...