नेता सचिन्न

१.
देश बन्दैन,
बैरीको खेल भयो,
दुखी नेपाली ।

२.
सांसद बिक्री
संसद भेडी गोठ,
देश सप्रिन्न ।

३.
रैती बाहुल्य,
स्वार्थी छ मनोभाव
नेता सच्चिन्न ।

४.
अल्लारे नीति
बेरोजगार पुस्ता,
भविष्य कालो ।

५.
नगर ढिला
नेपाली राजनीति,
उठ्ने छ वीर ।