हाइकु

प्रकृति मौन
प्रकोपको पीडाले
हरेर चैन।

आचार्य प्रभा

स्तब्ध संसार
प्रकृति बहुलाई
पीडा भोगेर।

बनेर छाता
लमतन्न छ नभ
बनेर ओत।

विशाल समुद्र
स्तब्धसँग बग्दछ
खोई त हल्ला ?

सेन्यु

गर्यौं घमण्ड
मान्छे हुँ म भनेर
नुहियो शीर।

नजुधे भयो
एकापसमा अब
झर्छौं ओरालो।

स्वार्थ मिलुन्जेल्
एकार्कामा स्याबासी
ऐले भाँड्भैलो ?

कुर्सीको मोह
गरे सबैले जोहो
भाँचिएर गो।

अमेरिका