छविलाल खड्का

सुख्खा मुहान
तिर्खालुको जुलुस
मैयाँको हाँसो ।


गनारी खेत
जलमग्न छ बाढी
भोकको खेती ।


मौरी रमायो
साकुराका फूलमा
आनन्द आयो ।


गज्जब दृश्य
कालो न कालो वर्ण
स्वर कोकिल ।


फलोका हाँगा
सांसद अनि मन्त्री
नुगोको बाँस ।


भालो त बास्यो
मिठो निद्रामा मस्त
लाटाकोसोरा ।


लोभको भाँडो
भुँइको टिप्न खोज्दा
खस्ला गोजीको !

कोहलपुर