हाइकु
१. भमरा बनी
जवानीको कोपिला
रित्तियो रस ।
२. मनको टापु
ज्वालामुखी बिस्फोट
आँशुको भेल ।
३. भारी दाउरा
के रै’छ र जीवन
थुप्रो खरानी ।
४. औसीको रात
लुकेको जुनकिरी
ज्ञानको दियो ।
५. पूर्वमा लाली
अँध्यारो आकाशमा
आशा मौलायो ।
सेन्यु
१. देवता बस्ने
मन्दिरको शहर
ढल बासना ।
२. कक्षामा फेल
राजनीतिक पेशा
विशिष्ट श्रेणी ।
३. पैसाको बोट
नेताजीको महल
कुर्सीमा जरा ।
४. आउँदो पुस्ता
आइफोन र ट्याब
मष्तिस्क शून्य ।
५. बीमा रकम
जिउँदोमा सकस
मृत्युको मोल ।
टोखा ३, काठमाडौँ
हालः धनकुटा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला