१-

चञ्चला पराजुली

आइलाग्‍ने र

    जाइलाग्‍ने उस्तै छ,
    रोडको दृश्य।
२-
निर्दयी मन
   चेपुवमा प्रहरी
   पोखियो क्रोध।
३-
शक्तिमा ज्वाइँ
    सडकमा माइती
    रमिते चेली
४-
बुझ्दैन कोही
   श्रमिकको विलौना
   दुख्दैन किन ?
५-
समाजवाद
    नेता करोडपति
   श्रमिक भोकै।
६-
पेटभरि खाने
    आङ्भरि लगाउने
    दिन कहिले ?
७-
लाग्यो धमिरा
    डगमगायो देश
    कोरोनाको भेष।
८-
अमृत प्याला
    प्रतिक्षामा जनता
   उब्जनी विष।
९-
नक्सा त आयो
    भोगचलन गर्ने
    खोइ जमिन।
१०-
प्रेमको सती
     दलितहरु सधैं
     मलामी नेता।
११-
जलाइ घर
     बस्तीमा जनावर
     चर्को शासन।
१२-
जनता थुनी
     धितो लिलामी गर्ने
     गरिबी थप्‍ने।
धादिङ, हालः काठमाडौं