१.

सावित्रा पाण्डे

पाखामा

    गुराँस फुल्छ
    आँँखामा ।
२.
निशाना
    शत्रुका आँखा
    सीमाना ।
३.
तरेली
    पाखामा बस्छन्
    परेली ।
४.
बोटमा
    शीतका थोपा
    ओठमा ।
५.
वनमा
    वसन्त फुल्यो
    मनमा ।
६.
झुल्नु छ
    सुनगाभाझैँ
    फुल्नु छ ।
७.
सुसेली
    धानका बाला
    बयेली ।
८.
भीरमा
    न्याउली रोयो
   पीरमा ।
९.
अग्लन्छु
    म हिमाल भै
    पग्लन्छु ।
१०.
धरामा
      पसिना फुल्छ
      गह्रामा ।
११.
पातमा
    जून पोखियो
    रातमा ।
१२.
अडिन्छ
      शीर हिमाल
     ठडिन्छ ।
१३.
सौन्दर्य
      प्रित पुष्पित
      अन्तर्य ।

 

१४.
हिमाली
     वन सुरम्य
     चिमाली ।
१५.
कविता
     उत्ताल छाल
     सरिता ।
१६.
किनार
      भोग्छ नदीको
      प्रहार ।
१७.
जीवन्त
     पुष्प पराग
     सुगन्ध ।
१८.
जङ्घार
     तर्न कठिन
     सङ्घार ।
१९.
क्षितिज
      रहस्य नौलो
      तृषित ।
२०.
यो मन
     कर्कला पानी
     जोबन ।
(कीर्तिपुर, काठमाडौँ )