उठेको बस्ती
उजाडिएका घर
सिस्नुको घारी ।

हिंडेका मान्छे
पर्खिन्छ लगातार
गाउँको वर ।

गाउँको बारी
बाँदरको रजाइँ
कौसीमा खेती ।

सहपथिक
पुगेछ पल्लो पाटो
पर्खाल अग्लो ।

फर्कन्छ मन
चल्दैन पादतल
ऋणको कैद ।

उडेको धूँवा
सरकारी इन्धन
पिरा नयन ।

धुलाका फूलाँँ
छोपिन्छ लगातार
भुइँ मानिस ।


स्मृतिमा स्वाद
गाउँघरको पानी
विविश त्याग ।


चिसो हिमाल
सम्झना झलझली
खाडीमा स्वेद ।

१०
तातो वालुवा
चुहिएको पसिना
नेताको स्कच ।

 

पोखरा ७ मासबार, कास्की