बाटो लामो छ सफरको लागि
हिँड्नु नै पर्छ अवसरको लागि ।।

रंगिन छ दुनियाँ कसैको लागि
कसैले हेर्छन यो नजरको लागि ।।

बोल्दैनन् ईश्वरहरू मन्दिरभित्र
पोखेकोछु पीडा पत्थरको लागि ।।

घायल भएर छट्पटी रहेछ ऊ
दुख्नुपर्छ मुटु असरको लागि ।।

जिन्दगीसग हारेर मौन छु अचेल
समयले पर्खेको छ प्रहरको लागि ।।