कोमल दिल पत्थरसँग, तुलना नगर
जिन्दगी एक सफरसँग, तुलना नगर
जस्को तलासमा, वर्षौं वनवास बसेँ
खण्डहर बनेको घरसँग, तुलना नगर
फाटेको मजेत्रोले, जाडो काटिन् आमा
प्रेमको बास्ना मफलरसँग, तुलना नगर
त्यो देहमा अलिकति, गन्ध अपरिहार्य छ
छर्केर आवरणमा, अत्तरसँग तुलना नगर
सादगीको प्रेम, निश्चल अमृतजस्तै रह्यो
विदेशी बजारको, जहरसँग तुलना नगर ।

 

दमौली, तनहुँ