बल्दै गरेकाे आगाेमा बल्न देउ मलाई
जल्दै गरेकाे धुपमा सल्कन देउ मलाई
मरेकाे लास हुँ म भुईंमा ढल्न देउ मलाई
लाला बाला राेहिरहेकाे सुन्न देउ मलाई
छिमेकीले सुस्केराएकाे महसुस गर्न देउ मलाई
मेरी प्राण प्यारीकाे बयान सुन्न देउ मलाई
बल्दै गरेकाे आगाेमा बल्न देउ मलाई
जल्दै गरेकाे धुपमा सल्कन देउ मलाई
शंख घण्टकाे धुनमा निदाउन देउ मलाई
एकै अँजुली पानीले शिर भिजाई देउ मलाई
ठुटा मुडाहरूकाे ओछ्यान बनाई देउ मलाई
फूलैफूलकाे सिरानीमा निदाउन देउ मलाई
बल्दै गरेकाे आगाेमा बल्न देउ मलाई
जल्दै गरेकाे धुपमा सल्कन देउ मलाई
आगाेकाे ज्वालासँगै धुवाँकाे मुस्लोसँगै
त्यतै कतै वायुमा विलिन हुन देउ मलाई
आगाेकाे ज्वालासँगै धुवाँकाे मुस्लोसँगै
त्यतै कतै वायुमा विलिन हुन देउ मलाई
बल्दै गरेकाे आगाेमा बल्न देउ मलाई
जल्दै गरेकाे धुपमा सल्कन देउ मलाई
कास्की
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला