
कस्तो कस्तो लाग्यो, यो समय–चक्र
दुःखसुख भोग्यो, अचम्म यो जीवनचक्र
काम आराम भन्दै दगु-यो, यो समय–चक्र
हर्ष न विस्मात लाग्यो, अचम्म यो जीवनचक्र
सूर्यसँगै उठ्यो, यो समय–चक्र
प्यास बिलासमा देखियो, अचम्म यो अष्टवक्र
सूर्यसँगै हतार ग-यो, यो भय–चक्र
हात ! साथ छुट्यो, अचम्म यो जीवनचक्र
घाम र पानीसँगै रमायो, यो अदेय–चक्र
खाना ! जलपान भन्दै बित्यो, अचम्म यो आहारचक्र
संगी ! पाठशाला भन्दै, बित्यो अध्याय–चक्र
उताव चढाव लाग्यो, अचम्म यो आहार–चक्र
भद्रपुर–७, झापा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
