छन त छ नि सप्पैलाई सम्झिरहन मन छ
तर नयाँ सम्झिएपछि पुरानालाई बिर्सन्छ
प्रयोगशालामा दिमागलाई राखेर हेर्न पाए
देखिने थियो कि सम्झना कहाँनिर रहन्छ
हेर्दे जानुहोस् यो चुनाव पनि उसले हार्दैन
ऊसँग धन छ धन बाँडेरै जित्ने चलन छ
तिमीले मलाई प्राण हौ जीवन हौ भनेदेखि
यो छातीमा आजकाल तिम्रै माया धड्कन्छ
किन सुर्ता गर्नुहुन्छ महङ्गा गहना वस्त्रको
त्यो भन्दा कयौँ सुन्दर त हजुरको वचन छ
फुर्तीफार्ती गर्ने जिम्मा त तपाईंको पो हो
म त शालिन मान्छे हुँ मेरो आफ्नै पन छ ।
हेटौंडा, मकवानपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला