(१)
तिम्रो कामको कदर हुन्छ भने खुसी छु
तिम्रो दामको कदर हुन्छ भने खुसी छु
रूपको मूल्य के कति छ थाहा छैन मलाई
तिम्रो चामको कदर हुन्छ भने खुसी छु
लानु त केही छैन दुई दिने यो जीवनबाट
तिम्रो नामको कदर हुन्छ भने खुसी छु
अँध्यारो लाग्छ दिन पनि अचेल यतातिर
तिम्रो घामको कदर हुन्छ भने खुसी छु
पूजामा अविश्वास गर्नेले गरोस् न बेस्सरी
तिम्रो रामको कदर हुन्छ भने खुसी छु
(२)
आगोको ज्वालामा भिजुँभिजुँ लाग्दै छ
बर्खाको झरीमा जलुँजलुँ लाग्दै छ
यादको बादल फाटेर आँसुको सुनामी उर्लन्छ
उतप्त लाभामा बगुँबगुँ लाग्दै छ
घातले पोलेको छातीभित्र आगो जल्छ हुरुरुरु
हिउँको भुङ्ग्रोमा पसुँपसुँ लाग्दै छ
घोच्नसम्म घोचेपछि के दुख्थ्यो र मनलाई
काँड़ाको काखमा बसुँबसुँ लाग्दै छ
दुई दिनको जीवनमा हाँसिराख भन्छन् सबै
मायाको डोरीमा फसुँफसुँ लाग्दै छ
डाउनहिल, खरसाङ, भारत ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला