बालकृष्ण गजुरेल
तिमी छौ र म छु तिमी झर्किएकोमा धन्यवाद
दुःख दिँदै कहिलेकाहीँ तर्किएकोमा धन्यवाद
प्रिय दुश्मन, जति कुरा काटे पनि काट प्यारे
रिस गर्दै घरिघरि तिमी फर्किएकोमा धन्यवाद
तिमी नहुँदा यो संसारमा म एक्लो हुने रहेछु
आँखा पल्टाई परबाट मर्किएकोमा धन्यवाद
तिमीले गर्दा मैले स्वार्थीहरू चिनेँ, बेइमानी चिनेँ
घाउमाथि नूनहरू धेरै छर्किएकोमा धन्यवाद
घाँटी खस्खसाउँछ तिम्रो यादले कहिलेकाहीँ
मेरो उन्नति र प्रगतिहरू सर्किएकोमा धन्यवाद ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला