अञ्जान देशबाट आएको एउटा बन्द खाम थियो
सोचेको थिएँ त्यसमा केवल मेरै मात्र नाम थियो
त्यो पक्कै पनि कुनै न कुनै गरीबकै लाश हुनुपर्छ
किनकि त्यहाँ थोरै मात्रामा मलामीको लाम थियो
फाइनल एक्जाम दिन नपाएसी ऊ फेल भएकी हो
कसरी दियोस् एक्जाम त्यो दिन चक्कै जाम थियो
भित्रभित्रै गैरकानुनी तरिकाले चल्दोरहेछ तस्करी
बाहिर फलकमा लेखिएको होटल चार धाम थियो
रावण दुःशासनको भन्दा नि अधम काम गर्दै हिँड्छ
तर कलियुगमा राखिएको उसैको नाम राम थियो
परिवार धान्न नसकेर उसले आत्महत्या गरेको हो
कमाए भन्दा नि ज्यादै जिनिस पातको दाम थियो
वृद्ध पेन्सन पाउने आशामा नेताको घर धाई रह्यो
सुने हिजो उसको जीवनको अन्तिम घाम थियो
—-००००—-
विकास दुलाल
विश्वनाथ, असम, भारत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला